विश्वविख्यात स्की पर्वतारोही हिलारी मनास्लुमा बेपत्ता

पोखरा । विश्वविख्यात स्की खेलाडी तथा पर्वतारोही हिलारी नेल्सन मनास्लु हिमालमा बेपत्ता भएकी छिन् । अमेरिकी नागरिक उनी मनास्लुमा स्की गर्ने क्रममा हराएकी हुन् ।

काठमाडौँको सांग्रिला नेपाल ट्रेक्स प्रालिबाट उनी स्की गर्न मनास्लु पुगेका हुन् । उनीसँगै स्कीका लागि पुगेका जीम म्यारिसन भने आधार शिविर फर्किएका छन् ।

नेलसन भीमथाङ तर्फको पाखामा हराइरहेको बताइएको छ । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गरेका थिए । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा छ ।

अमेरिकाको सिएटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जिओग्राफीले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *