आज विश्व पर्यटन दिवस, पोखरामा मिनी सडक महोत्सव हुँदै

पोखरा । २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवस । आज विशेष कार्यक्रमका साथ पोखरामा पर्यटन दिवस मनाइँदै छ । पोखराको लेकसाइडमा आज १ दिने मिनी स्ट्रिट फेस्टिभल (सडक महोत्सव) आयोजना हुँदै छ ।

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा ४३ औँ पर्यटन दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार आज पोखरामा जहाज मार्फत पोखरा आउने पर्यटकलाई फुलमालाले स्वागत गर्ने कार्यक्रम छ । यस्तै, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रिया तथा पर्यटक बसबाट आउने पर्यटकलाई स्वागत गरिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *