पाँच नेपाली आरोही हिमपहिरोमा बेपत्ता
२०७९ असोज १० गते

सांकेतिक तस्बीर ।
काठमाडौँ । पाँच नेपाली आरोही हिमपहिरोमा बेपत्ता परि बेपत्ता भएका छन् । मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन्।
हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। उनीहरु सबैजना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए।
बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको एसपी केदार खनालले बताएका छन्।
२०७९ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








