गण्डकीमा डेंगी संक्रमित ६ सय नाघे, हिमाली जिल्लामा पनि भेटियो संक्रमण

पोखरा । गण्डकी प्रदेशमा ६ सय भन्दा बढीलाई डेंगीको संक्रमण देखिएको छ । प्रदेशका १० जिल्लाका ६ सय ४ जनामा डेंगी रोकको संक्रमण पुष्टि भएको हो । प्रदेशमा डेंगीका कारण दुई जनाको ज्यान गैसकेको छ । दुवैजना गोरखाका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा सबैभन्दा बढी संक्रमित छन् । कास्कीमा मात्रै १ सय ३६ जनामा डेंगी पुष्टि भएको छ । यस्तै, गोरखामा १ सय १३, तनहुँमा ७८, स्याङ्जामा ७३, पर्वतमा ६९ जनालाई संक्रमण देखिएको छ ।

लमजुङमा ६२, बागलुङमा ३९, म्याग्दीमा १५, नवलपुरमा १५ र मनाङमा २ जना डेंगीका बिरामी भेटिएको निर्देशनालयका डाक्टर नारायण श्रेष्ठले जानकारी दिए । हिमाली जिल्लामा समेत डेंगीका संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालयले बढी सतर्कता अपनाउन आग्रह गरेको छ । डेंगी लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले लामखुट्टेको घर नष्ट गर्न सबै लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *