पाइप चोरेको आरोपमा सिक्लेसका वडा सदस्य गुरुङ पक्राउ

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य सहित ४ जनालाई पाइप चोरीको आरोपमा पक्राउ गरिएको छ । कास्की प्रहरीले वडा नम्बर ७ काउरेडाँडाको सडक छेउमा राखिएको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

गत स्थानीय तहको निर्वाचनमा मादी १ मा गठबन्धनबाट चुनाव लडेका माओवादी नेता खरजंग गुरुङ पक्राउ परेका हुन् । उनी माओवादी निकट वाइसिएलको मादी उपाध्यक्ष समेत हुन् । गत चुनावमा उनी कांग्रेसको रुख चिन्हबाट चुनाव लडेका थिए । उनीसँगै रमेश गुरुङ, निरज तामाङ र सुनिल परियार पनि पक्राउ परेका छन् ।

उनीहरूले खानेपानी आयोजनाको पाइप ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी ५ तर्फ लैजाँदै गरेका प्रहरीले जनाएको छ । सबै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *