सवा २ लाख नगद सहित ९ जुवाडे पोखराबाट पक्राउ

पोखरा । पोखराबाट ९ जुवाडे रंगेहात पक्राउ परेका छन् । पोखरा १० बुद्धचोक बस्ने कुमार कार्कीले सञ्चालन गरेको रेष्टुरेण्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरूमा कार्की सहित बुद्धचोकका मिलेन्द्रकुमार रन्जित, गोरखा घर भई पोखरा २६ बस्ने सन्तोष पाण्डे, तनहुँ घर भई पोखरा १४ बस्ने श्रीराम आले, पोखरा १३ का ओमबहादुर नेपाली, स्याङ्जा घर भई पोखरा १४ बस्ने खेमबहादुर थापा छन् ।

यस्तै, मकवानपुर घर भई पोखरा १० बस्ने भरत न्यौपाने, परासी घर भई पोखरा १४ बस्ने जीतबहादुर सारू र पर्वत घर भई पोखरा ७ बस्ने शिव सुवेदी पक्राउ परेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरूको साथबाट २ सय ८ पत्ती तास र २ लाख १५ हजार २ सय ५० नगद बरामद भएको छ । सबै जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की प्रशासनबाट ६ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *