बलात्कार प्रयास मुद्दामा लहानका उपप्रमुख धरौटीमा छुटे

जनकपुरधाम । बलात्कार प्रयासको मुद्दामा १७ दिन थुनामा बसेर सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो रिहा भएका छन् ।

उपमेयर महतोलाई आज थुनछेक बहसको क्रममा जिल्ला अदालत सिरहाले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश लगत्तै उनले धरौटी बुझाएर रिहा भएको सिरहा प्रहरीले जनाएको छ ।

जागिर लगाइदिने प्रलोभनमा गत साउन ४ मा बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोमाथि एक महिलाले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी थिइन् । त्यसपछि फरार उपमेयर महतो भदौ २४ मा प्रहरीमा हाजिर भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *