सुर्खेतमा हुने अखिल सांस्कृतिक साँझ सर्‍यो

सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) सुर्खेतले आयोजना गरेको ‘अखिल सांस्कृतिक साँझ’ कार्यक्रम असोज २९ गतेका लागि सारिएको छ । असोज १० गते वीरेन्द्रनगरमा हुने भनिएको उक्त कार्यक्रम आयोजकले केही समय पछि सारेको हो ।

आयोजक अनेरास्ववियू सुर्खेतले आइतबार पत्रकार सम्मेलन गरी वर्षा तथा प्रतिकुल मौसमका कारण सारिएको जानकारी दिएको छ । केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली सह-संयोजक प्रेम खड्काले आर्थिक विपन्नताका कारण शिक्षाबाट वञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्नेगरी अक्षय कोष ‘अखिल कोष’ स्थापना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

सुर्खेत सभा हल (सिटी हल)मा हुने सांस्कृतिक साँझमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति कमाएका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिहरू रहनेछ । सांस्कृतिक साँझमा लोक गायक बद्री पङ्गेनी, भूमिका गिरी, राजा राजेन्द्र पोखरेल, बाल गायक किसन सिजापति तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति हुने अनेरास्ववियु सुर्खेतका अध्यक्ष आशिष आचार्यले बताए ।

उनका अनुसार कार्यक्रम असोज २९ गते दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । सांस्कृतिक साँझ हेर्नका भिआइपि टिकट पाँच सय, दुई हजार र एक हजारको रहेको छ भने सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको सचिव ललित केसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *