नागरिकता विधेयक : राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी

काठमाडाैँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्भमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी गरेको हाे ।

सर्वाेच्च अदालतका प्रवक्ता विमल पाैडेलकाअनुसार अदालतले आजै आदेश जारी गरेकाे हाे । ‘हाे रिटहरूमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरिएकाे हाे,’ उनले भने, ‘श्रीमान् हरि फुयाँलकाे इजलासले आदेश जारी गरेकाे हाे ।’

न्यायाधीश फुयाँलको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेश गर्न भनेको छ । सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *