नगरपालिकामा विद्यार्थीहरूकाे आक्रमण : प्रहरीसँग झडप, ५ प्रहरी र दर्जनौं विद्यार्थी घाइते (भिडिओसहित)

जनकपुरधाम ‌। रौतहटको बौधिमाई नगरपालिकामा विद्यार्थीहरुको समूहले आक्रमण गर्दा ठूलो क्षति पुगेको छ । शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै सामुदायिक विद्यालयका विद्यार्थीहरू नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । सो क्रममा प्रहरी र सुरक्षाकर्मीबीच झडप भएको हाे ।

झडपमा ५ जना प्रहरी र दर्जनौं विद्यार्थी घाइते भएका छन् । प्रहरीले स्थित नियन्त्रणमा लिन सात राउण्ड आश्रुग्याँस प्रहार गरेको रौतहटका एसपी वीरबहादुर बुढाथोकीले जानकारी दिए । उनकाअनुसार अहिले स्थिति सामान्य बनेको छ ।

विद्यार्थीहरूले मेयर प्रदिप यादव चढ्ने सरकारी नम्बर प्लेट (ना १ झ १६९३) गाडीमा ढुंगामुढा गरी क्षतिग्रस्त बनेका छन् । अचानक आएका विद्यार्थी र केही बाहिरी मान्छेको समूहले कार्यालयको कम्यूटर, टेबुल, कुर्सीलगायतका समानहरूसमेत तोडफोड गरेको मेयर यादवले बताए ।

उनले नगर परिषद् नभएकाले शैक्षिक भ्रमणका लागि तत्काल बजेट विद्यार्थीलाई उपलब्ध गराउन नसकेको बताए । उनले विद्यार्थीहरू अन्य व्यक्तिको उक्साहटमा आक्रमण गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *