राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीले पठायो उम्मेदवारकाे सूची

पोखरा । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकीमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीले १८ निर्वाचन क्षेत्रका लागि २३ जनाको नाम पठाएको हो । १४ वटा क्षेत्रमा सर्वसम्मत सिफारिस भएको र ४ वटा क्षेत्रमा बढी नाम आएपछि प्रारम्भिक निर्वाचन गरेर उम्मेदवार टुंगो लगाइने रास्वपाले जनाएको छ ।

सिफारिस हुनेहरूमा मुस्ताङबाट सुदेश गुरुङ (जिल्ला सभापति ), मनाङबाट मुखिया गुरुङ, लमजुङबाट धर्म केसी (जिल्ला सभापति), म्याग्दीबाट हरि केसी, तनहुँ १ बाट डा. शेषरमण न्यौपाने, तनहुँ २ बाट विजय जोशी, स्याङ्जा १ बाट बोधराज रेग्मी (गण्डकी प्रदेश प्रवक्ता), स्याङ्जा २ बाट टिकराज गुरुङ, बागलुङ १ बाट ई. खिमानन्द कँडेल, बागलुङ २ बाट तिला खत्रीको नाम सिफारिस भएको प्रदेश सभापति ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै, कास्की १ बाट राजु राई र कमल लामिछाने, कास्की २ बाट माधव प्रसाद कँडेल (प्रदेश महामन्त्री), कास्की ३ बाट योगराज पौडेल (प्रदेश उपसभापति), पर्वत बाट जल बहादुर पुर्जा पुन र सन्तोष रेग्मी, नवलपुर १ बाट ध्रुवजंग थापा, राजन गौतम र परशुराम भुषाल, नवलपुर २ बाट शालिकराम न्यौपाने, गोरखा १ बाट सुवर्ण रोकाहा, गोरखा २ बाट कविन्द्र बुर्लाकोटी (केन्द्रीय सह–महामन्त्री ) र बाबुराम मरहट्ठा सिफारिस भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *