डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं ।अनसनरत सत्याग्रही डाक्टर गोबिन्द केसीको जीवन रक्षा र उनको माग पूरा गराउन सरकारलाइ दवाब दिदै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

बृहत नागरिक आन्दोलनका अगुवाहरूले आयोजना गरेको प्रदर्शनमा लेखक तथा अभियान्ता खगेन्द्र संग्रौला, अभियान्ताहरु बिजयबाबु शिवाकोटी, बिमल पौडेल लगायत दर्जनौ समर्थकहरुको सहभागिता रहेको थियो ।

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा. केसीले आफ्नो २० औं अनसन सेती प्रादेशिक अस्पताल धनगढीमा सुरु गरेका थिए ।

उनको स्वास्थ्य अवस्था बिग्रीएपछि  थप उपचारको लागि काठमाडौं ल्याइएको थियो ।

हाल अनसनरत केसीको त्रिवी शिक्षण अस्पताल महाराजगन्जको एनएक्स वनमा उपचार भैरहेको छ ।
तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *