काठमाडौँ–३ मा नेकपा एस र कांग्रेसबाट १६० जना एमाले प्रवेश

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट १६० जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय ड्रीम हाउसमा शनिबार नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी परित्याग गरी मन्दिर तिमिल्सिनाको नेतृत्वमा १५० जना नेकपा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले काठमाडौँ जिल्ला स्कुल विभाग सदस्य विकास चालिसेका अनुसार यसरी एमाले प्रवेश गर्नेमा नेकपा एस समर्थित युवा संघका सदस्यहरू रहेका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका १० जना क्रियाशील सदस्यसमेत एमाले प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र निवर्तमान सांसद एवम् केन्द्रीय सदस्य कृष्ण राईले टीका र खादा लगाएर प्रवेश गराएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *