ऐश्वर्य क्याम्पसमा अध्ययनरत किशोरी सम्पर्कविहीन

काठमाडौँ । कैलालीको धनगढीबाट एक किशोरी सम्पर्कविहीन भएकी छन् । धनगढी उपमहानगरपालिका-३ विशालनगरमा बस्दै आएकी प्रकृति चन्द दुई दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

चन्द हराएको भन्दै उनको परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालयका कैलालीमा निवेदन दिएको छ । प्रहरी उनको खोजीमा खटिएको छ ।

बैतडी घर भएकी चन्द धनगढीमा परिवारसँगै डेरा गरी बस्दै आएकी थिइन् । उनी धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *