देउवाविरुद्ध शेखर समूहको खबरदारी सभा

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ । सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।

खबरदारी  सभाको पूर्व तयारीका लागि शुक्रबार बैठक बसेको थियो । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा संस्थापनइतरका नेताहरु निकै कम समेटिएको र समेटिएकाहरु पनि प्राथमिकताको क्रममा धेरै पछाडी रहेको डा कोइराला पक्षको भनाइ छ । देउवापक्षका डा आरजु देउवा, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठल, डा रामशरण महत लगायत सुरक्षित हुँदा अर्को पक्षका कुनै नेता अग्रभागमा नपारिएका हुन् ।

यसैगरी प्रत्यक्षतर्फ पनि संस्थापनइतरले पाउने सम्भावना कम छ । सत्ता गठबन्धनबाट प्राप्त हुने थोरै सिटमा पनि सभापति देउवाको हालीमुहाली हुने संकेत देखेपछि उक्त पक्षले खबरदारी सभा आयोजना गर्न लागेको हो । संस्थापनइतरले समानुपातिक र प्रत्यक्षमा ४० प्रतिशत अवसर खोजेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *