उपत्यकामा आज ४३ कार्यक्रम, कहाँ के हुँदैछ ?

काठमाडौँ । उपत्यकामा आज विभिन्न ४३ कार्यक्रम हुँदैछ । प्रहरीबाट प्राप्त कार्यक्रमका सूचीअनुसार दसैँको शुभकामना आदानप्रदानदेखि आसन्न चुनावको तयारीसम्मका कार्यक्रम हुने भएका हुन् ।
हेरौँ सूची :-
१.अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको तेर्सो राष्ट्रिय भेलाको बन्दसत्र कार्यक्रम हुने ।
स्थान :- शिखर पार्टी प्यालेस, कलङ्की ।
समय :- ७:०० बजे ।
२.नेपाली काङ्ग्रेस टोखा नगरपालिका ३ नं. वडा कमिटीले नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- टोखा नपा ३, सरस्वती चौर ।
समय :- ७:०० बजे ।
३.राप्रपा चनपा १३ र १४ इकाई कमिटीले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- पुरानो नैकाप ।
समय :- ७:३० बजे ।
४.नेपाली काङ्ग्रेस दक्षिणकाली नगरपालिका ५ नं. वडा कमिटीले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- बज्र म्याट्रिक्सहल, शेषनारायण ।
समय :- ७:३० बजे ।
५.नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा काठमाडौँ निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ८ को कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम हुने ।
स्थान :- ओम बहाल ।
समय :- ७:३० बजे ।
६.प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको विस्तारित बैठक बस्ने ।
स्थान :- क्वालिटी बैंक्वेट बुद्धनगर ।
समय :- ७:३० बजे ।
७.नेकपा (एमाले) स्याङ्जा – काठमाडौँ सम्पर्क मञ्चको विस्तारित बैठक बस्ने ।
स्थान :- नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग ।
समय :- १०:०० बजे ।
८.नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको एघारौँ एकता महाधिवेशनको बन्दसत्र कार्यक्रम हुने ।
स्थान :- राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग ।
समय :- १०:०० बजे ।
९.नेकपा (माओवादी केन्द्र) काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ को विस्तारित बैठक बस्ने ।
स्थान :- कलङ्की मालपोत कार्यालय देखि ७० मि. पश्चिम क्रियापुत्री भवनको हल ।
समय :- ११:०० बजे ।
१०.शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान, जाजरकोटले शेरबहादुर अधिकारीका पुस्तकहरू “बिश्रृङ्खलित सपनाहरू” र “शेरबहादुर अधिकारीका रचना र सम्झना” लोकार्पण कार्यक्रम गर्ने ।
स्थान :- नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल ।
समय :- ११:०० बजे ।
११.नेकपा (माओवादी केन्द्र) सिन्धु – काठमाडौँ सम्पर्क समन्वय समितिले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ स्तरीय भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- जडीबुटी ब्याङ्क्वेट, जडीबुटी ।
समय :- ११:०० बजे ।
१२.संयुक्त विद्यार्थी संगठनले राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध सडक बहस कार्यक्रम गर्ने ।
स्थान :- नखुलेको ।
समय :- ११:०० बजे ।
१३.नेकपा (एमाले) पाल्पा – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी, शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- लिसरा रिसेप्सन, भगवती बहाल, नक्साल ।
समय :- ११:०० बजे ।
१४.समाजवादी प्रेस संगठन नेपाल बागमती र उपत्यका प्रदेशको संयुक्त भेला उद्घाटन समारोह हुने ।
स्थान :- पार्टी कार्यालय, आलोकनगर ।
समय :- ११:०० बजे ।
१५.नेकपा (एमाले) मुगु – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- आर आर क्याम्पस, प्रदर्शनी मार्ग ।
समय :- ११:०० बजे ।
१६.नेकपा (एमाले) धादिङ – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- लेखनाथ साहित्य सदन, सोर्हखुट्टे ।
समय :- ११:०० बजे ।
१७.नेकपा (एमाले) अर्घाखाँची – काठमाडौँ सम्पर्क मञ्चले टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- वुद्धनगर पार्टी प्यालेस, वुद्धनगर ।
समय :- ११:०० बजे ।
१८.अखिल (क्रान्तिकारी) प्युठान – काठमाडौँ सम्पर्क कमिटीले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- पाटन संयुक्त क्याम्पस, ललितपुर ।
समय :- ११:०० बजे ।
१९.अखिल (क्रान्तिकारी) गोरखा, तनहुँ – काठमाडौँ सम्पर्क मञ्चको प्रथम सम्मेलन हुने ।
स्थान :- पब्लिक यूथ क्याम्पस, लैनचौर ।
समय :- ११:०० बजे ।
२०.रिटर्नी फेडेरेशन नेपालको बागमती प्रदेश स्तरीय निर्वाचन अनुगमन तथा निर्देशन कमिटीको बैठक बस्ने ।
स्थान :- स्काईजोन क्याफे, धुम्बाराही ।
समय :- ११:०० बजे ।
२१.नेकपा (माओवादी केन्द्र) धादिङ – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा राजनैतिक प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- बालाजी बैंक्वेट, बालाजु ।
समय :- ११:०० बजे ।
२२.नेकपा (एमाले) दाङ – काठमाडौँ सम्पर्क मञ्चले युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- मदन भण्डारी मेमोरियल कलेज, अनामनगर ।
समय :- ११:३० बजे ।
२३.नेपाल समाजवादी पार्टी काठमाडौँ जिल्ला समन्वय समितिले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- सासा बैंक्वेट, नयाँबजार ।
समय :- ११:३० बजे ।
२४.नेकपा (एमाले) ओखलढुङ्गा – काठमाडौँ सम्पर्क मञ्चले ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- नवदुर्गा पार्टी प्यालेस, सुकेधारा ।
समय :- ११:३० बजे ।
२५.नेकपा (माओवादी केन्द्र) नुवाकोट – काठमाडौँ सम्पर्क समितिले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- नागार्जुन पार्टी प्यालेस, बसन्तनगर ।
समय :- १२:०० बजे ।
२६.राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीले नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा बृहत् युवा भेला कार्यक्रम गर्ने ।
स्थान :- ए वान पार्टी भेन्यू, कोटेश्वर ।
समय :- १२:०० बजे ।
२७.वृहत् नागरिक आन्दोलनले अनसनरत डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १२:०० बजे ।
२८.नेकपा (एमाले) सिन्धुपाल्चोक – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- गोल्डेन लाइट पार्टी प्यालेस, मित्रपार्क ।
समय :- १२:०० बजे ।
२९.अखिल (क्रान्तिकारी) डोटी काठमाडौँ सम्पर्क समितिको प्रथम भेला कार्यक्रम हुने ।
स्थान :- आर आर क्याम्पस, प्रदर्शनी मार्ग ।
समय :- १२:०० बजे ।
३०.नागरिकता विहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १२:०० बजे ।
३१.खिलराज रेग्मी र भीम रावलको उपस्थितिमा डा. शास्त्रदत पन्तद्धारा लिखित पुस्तकहरू नेपाल भारत सम्बन्ध, किन गरिब छ नेपाल र खतरामा नेपाली राष्ट्रियता को विमोचन कार्यक्रम हुने ।
स्थान :- नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी ।
समय :- १२:३० बजे ।
३२.नेकपा (एमाले) महा काल गाउँपालिका कमिटी ललितपुरले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- कोप रिसोर्ट गोटिखेल, ललितपुर ।
समय :- १२:३० बजे ।
३३.लोकतान्त्रिक विद्यार्थी संघले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- लोसपा पार्टी कार्यालय, बबरमहल ।
समय :- १२:३० बजे ।
३४.हिन्दु परिषद् नेपाल उपत्यका कमिटीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने ।
स्थान :- मधेस मिडिया हाउस, अनामनगर ।
समय :- १२:३० बजे ।
३५.शाही युवा शक्ति नेपालले हिन्दु राष्ट्र र राजतन्त्रको माग राखी धर्ना दिने ।
स्थान :- नारायणहिटी दरबार अगाडी ।
समय :- १२:३० बजे ।
३६.नेपाली काङ्ग्रेसले समान अवसर र न्यायका निम्ति खबरदारी सभा गर्ने ।
स्थान :- बानेश्वर ब्यांक्वेट, थापागाउँ, नयाँ बानेश्वर ।समय :- १३:०० बजे ।
३७.नेकपा (एमाले) बाजुरा – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- त्रि चन्द्र क्याम्पस, घण्टाघर ।
समय :- १३:०० बजे ।
३८.नेपाली काङ्ग्रेस दार्चुला – काठमाडौँ सम्पर्क मञ्चले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यतामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- केन्द्रीय पार्टी कार्यालय, सानेपा, ललितपुर ।
समय :- १३:०० बजे ।
३९.नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा नेकपा (एमाले) केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन अर्थराजनितीको आरम्भ कार्यक्रम हुने ।
स्थान :- पार्टी कार्यालय, च्यासल, ललितपुर ।
समय :- १४:०० बजे ।
४०.नेकपा (एमाले) नवलपरासी – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- लुम्बिनी प्रदेश सम्पर्क कार्यालय, शंकरदेव क्याम्पस अगाडी ।
समय :- १४:३० बजे ।
४१.उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यतामा नेपाल खुद्रा व्यापार संघको ४३ औँ साधारण सभा कार्यक्रम हुने ।
स्थान :- नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी ।
समय :- १४:३० बजे ।
४२.नेपाल समाजवादी पार्टी गोरखा – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने ।
स्थान :- गण्डकी बोर्डिङ स्कुल, मैपी ।
समय :- नखुलेको ।
४३.नेकपा (एकीकृत समाजवादी) प्युठान – काठमाडौँ सम्पर्क मञ्चले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।
स्थान :- सुयू चिकेनहव, नख्खु, ललितपुर ।
समय :- नखुलेको ।








