स्वतन्त्र शक्ति

काठमाडौँ । निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्रहरूको भएको भनेर प्रचार नगर्न निर्देशन दिएको छ । चुनावी तयारीमा जुटेको आयोगले एकपछि अर्को निर्देशन दिने क्रममा लौरो चिन्ह लिने उम्मेदवार स्वतन्त्र नभएको प्रस्ट पारेको छ । आयोगले आफ्नो तथ्याङ्कमा दर्ता भएको सूचनाका आधारमा लौरो चिन्ह लिएर उम्मेदवारी दिने व्यक्ति स्वतन्त्र नहुने भनेको हो ।

गएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले यो चिन्ह लिएको थियो । काठमाडौँ महानगर पालिका र धरान उपमहानगर पालिकाकामा यो चिन्ह लिएका उम्मेदवारले चुनाव नै जिते । काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङले यो चिन्ह लिएर मेयर जितेका थिए । त्यस लगत्तै हाम्रो नेपाली पार्टी नामक पार्टीले यो चिन्ह लिएर आयोगमा दल दर्ता गरेको छ । दल दर्ता भएपछि गैरदलीय भनेर गर्ने प्रचार गरिरहेका छन् । कतिसम्म भने लौरो चिन्ह भाडामा लिने प्रवृत्ति नै देखिएको छ ।

अनन्तराज घिमिरेले यो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरूलाई लौरो दिने क्रम बढेको छ । तर उनीहरूले प्रचार भने स्वतन्त्र भनेर गरिरहेका छन् । स्थानीय चुनावमै पनि लौरो स्वतन्त्र उम्मेदवारको थिएन । यो त निर्वाचन आयोगले दिएको विकल्प थियो । त्यही विकल्पमा पाएको चिन्हलाई लिएर अहिले स्वतन्त्र उम्मेदवारीको प्रचार भइरहेको छ । त्यसैलाई रोक्न आयोगले स्वतन्त्रको प्रचार नगर्न निर्देशन दिएको छ ।

स्थानीय चुनावपछि बदलिएको राजनीतिक शक्ति समीक्षामा स्वतन्त्र उम्मेदवारी दिने र त्यसप्रति रुचि राख्नेहरूले मुलुककै ध्यान तानेको मात्रै छैन, अलग शक्तिकै ठाउँसमेत लिएको छ ।

त्यसैदिन प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि स्वतन्त्र उम्मेदवारबारे टिप्पणी गरेका थिए । युवा संघका इन्चार्ज रहेका महेश बस्नेतले अराजकहरूको समूहले स्वतन्त्रको दाबी गरेका थिए । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका नेताहरूले पनि स्वतन्त्र उम्मेदवार दिएर चुनाव जित्नेहरूबारे टिप्पणी गरेका थिए ।

आमपंक्तिमा पनि स्वतन्त्रहरूको प्रचार भइरहेको छ । स्वतन्त्रको माहौल देखेपछि टेलिभिजन प्रस्तोता रवि लामिछानेले अलग राजनीतिक दल नै दर्ता गराएका छन् । उनले घण्टी चुनाव चिन्ह लिएर दल दर्ता गराएका छन् । अहिले उनी देश दौडाहामा निस्किएका छन् । यी सबै घटना र टिप्पणीहरूको निष्कर्ष भनेको स्वतन्त्र एक शक्ति बन्न पुगेको प्रस्ट हुन्छ । आगामी चुनावमा यो शक्तिको पनि परीक्षा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *