चितवनमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन । चितवनमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज साँझ भरतपुर–९ टिकौली जंगलस्थित पूर्वपश्चिम राजमार्गमा वीर–गन्जबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ३७२३ नम्बरको तेल बोक्ने ट्यांकरले भरतपुरबाट रत्ननगर टाँडीतर्फ गइरहेको बा ८३ प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर ९ गोन्द्राङ बस्ने ६२ वर्षका प्राण जवारा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ट्यांकरकोको ठक्करबाट घाइते भएका जबराको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्यांकरसहित चालक मकवानपुर हेटौंडा ११ नवलपुर बस्ने वर्ष ३८ को तुलाराम मैनालीलाई चितवन प्रहरीले  नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *