ओली भन्छन्- ‘गठबन्धन राष्ट्रपतिकाे अपमान गर्नु महानता साेच्छ’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धनले राष्ट्रपतिकाे अपमान गर्नु महानता साेच्ने गरेकाे बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयाेजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘याे सरकारसँग दिमाग छैन, ऊ मसलबाट साेच्छ । ऊ राष्ट्रपतिकाे अपमान गर्नु महानता हाे भनेर साेच्छ ।’

उनले गठबन्धनसँग अहङ्कारै-अहङ्कार भएकाे बताए । ‘म सरकारलाई चेतावनी दिन चाहन्छु— खाेपरीकाे दिमागले साेचाैँ, मसलकाे भाषा नबाेलाैँ । लाेकतन्त्रमा यस्ताे हुँदैन । याे सरकारले संविधानकाे धारा १८१ एकपटक पनि पालना गरेकाे छैन । सधैँ उल्लंघन गरेकाे छ,’ उनले भनेका छन् ।

उनले थपे— यदि मसलकाे भाषा बाेल्दा-बाेल्दै एमालेकहाँ आइपुग्याे भने एमालेले देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *