अब्दुस मियाँ एमाले प्रवेश

काठमाडाैँ । अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । काठमाडाैँ क्षेत्र नं. ६ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका मियाँ बिहीबार एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

मियाँले यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडाैँ क्षेत्र नं. ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति शुरू गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *