अपडेट : कपन आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो
२०७९ असोज ५ गते

काठमाडौं । काठमाडौंको कपनमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । आगलागीबाट साढे दुई तले घर जलेर ध्वस्त भएको छ ।
ट्रेकिङ एजेन्सीको कार्यालय रहेको उक्त घरमा अक्सिजन र एलपिजी ग्यास पड्केर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सो ट्रेकिङ एजेन्सीको कार्यालय प्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको रहेको बुझिएको छ ।
मृत्यु भएका ३ जनाको शव निकाली सकेको प्रहरीले जनाएको छ । आगलागीबाट अन्य कति हताहत भए भन्ने यकिन हुन सकेको छैन । आगलागी पूर्ण रूपमा नियन्त्रणमा नआएकाले थप क्षतिको विवरण समेत आउन बाँकी छ ।
२०७९ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








