मोरङको बुढीगंगामा एमाले छाड्नेको लर्को

विराटनगर। बुढीगंगा गाउँपालिकामा एमाले कमजोर बन्दै गएको छ।  पछिल्लो एक महिनाको बिचमा  नेकपा एमाले थुप्रै कार्यकर्ता माओवादीमा गएसँगै एमालेको राम्रो भनिएको बुढीगंगा कमजोर बन्दै गएको छ।

 गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, ४ र ६ वडा जितेकोमा गत वैशाखमा भएको निर्वाचनमा ती सबै वडा हारेर वडा नम्बर ७ को एउटा वडा मात्र जितेको छ ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएका बलभद्र सरदार थारुले नै पार्टी त्यागेर माओवादीमा गएपछि अहिले त्यसैको असर थारु कार्यकर्तामा देखिन थालेको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेबाट उठे पनि आफ्नै वडाका वडा अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप सरदारलाई लागेको थियो । सरदार माओवादीमा प्रवेश गरेपछि एमालेका केही नेताहरू खुसी देखिएको भए पनि बुधबार मात्र बुढीगंगा गाउँपालिकाकै विभिन्न वडाका एमाले निकटका वडा तहका कार्यकर्ताहरू काठमाडौँ  पुगेरै  नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमाले भित्र ठुलो पहिरो गएको भन्दै चर्चा शुरु भएको छ ।

बुधबार मात्र एमालेबाट बुढीगंगा २ को वडाध्यक्षमा झिनो मतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार शिवनारायण चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरू माओवादी प्रवेश गरेका हुन्  ।

 समानुपातिकमा सिफारिस भएका सत्यनारायण चौधरीले थारु क्लष्टरलाई  समेत जोगाउन नसकेको आरोप कार्यकर्ता स्तरबाट लाग्दै आएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जीवन आचार्यको कसरतमा ४० जना एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य कपिल सुनारले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =