आरआर क्याम्पसमा राष्ट्रपतिको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौँ । सत्तारुढ गठबन्धनसम्बद्ध दलनिकट विद्यार्थी संगठनहरूले भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पस गेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीनिकट विद्यार्थी सङ्गठनका नेताहरूले राष्ट्रपति भण्डारीकाे कदम असंवैधानिक भएको भन्दै पुत्ला दहन गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संविधान माथि कू’ गरेको उनीहरूकाे भनाइ थियाे ।

यसअघि एमालेनिकट युवा संघले राष्ट्रपतिकाे कदमकाे समर्थनमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *