पोखराको वेगनास र रुपा तालबाट विजुली निकालिने, निर्माण प्रक्रिया अघि बढ्यो
२०७९ असोज ५ गते

पोखरा । पोखराको बेगनास र रुपा तालको पानीबाट विजुली निकाल्न लागिएको छ । नेपालमै पहिलो पटक पम्प स्टोरेज प्रणालीबाट विजुली निकाल्न लागिएको हो । दुवै तालको पानीलाई पम्पबाट स्टोरेज गरेर विद्युत उत्पादन गर्नका लागि पोखराका सरोकारवाला निकायसँग निर्माण कम्पनीले छलफल चलाएको छ ।
बेगनासको पानीलाई पम्पबाट तानेर रुपातालमा झार्ने र विजुली निकाल्नका लागि पुनः वेगनास तालमै झार्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । उक्त आयोजनाबाट १ सय ५० मेगावाट विजुली उत्पादन हुने विद्युत प्राधिकरणका विज्ञ प्रकाश गौडेलले जानकारी दिए ।
उनका अनुसार बेगनास र रुपा तालबीचमा रहेको बाँधलाई प्रयोग गरेर आयोजना निर्माण हुने छ । तर उक्त आयोजना निकै महंगा हुनेछ । आयोजना सम्पन्न गर्न २० अर्व लगानी लाग्ने अनुमान छ । डाँडाबाट ६८ मिटर पानी झारेर विजुली उत्पादनमा प्रयषेग गरिनेछ ।
२०७९ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित









