पूर्वराष्ट्रपति यादवले भने- ‘राष्ट्रपतिकाे कदमले संविधानको उल्लंघन गर्‍याे’

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद्‌बाट दुईपटक पारित भएर प्रमाणीकरणका लागि पठाइको विधेयक पारित नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकै उल्लंघन गरेको बताएका छन् । जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको भवन निर्माण एवम् परिसर सुधार कार्यको बुधबार आयोजित शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति भण्डारीले चालेको कदमले संविधानमाथि कालो बादल छाएको बताएका हुन् ।

विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदाहुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत पू राष्ट्रपति यादवको भनाइ छ । उनले लोकतन्त्रका लागि यो घटना सामान्य र राम्रो नभएकोसमेत उल्लेख गरेका छन् ।

उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत हुनुपर्नेमा जोड् दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *