राष्ट्रपतिको कदमविरुद्ध जनमत पार्टीको प्रदर्शन, माग्यो राजीनामा

जनकपुरधाम । सिरहाको कसहास्थित पूर्व पश्चिम राजमार्गमा राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै जनमत पार्टीले प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो । जनमतका कार्यकर्ताहरूले टायर बालेर प्रदर्शन गर्दा केहिबेर राजमार्ग नै अवरुद्ध बनेको थियो ।

अहिले ठूलो सङ्ख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् ‌। जनमतका कार्यकर्ताहरूले भने प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *