पोखरामा खसीको भनेर बाख्राको मासु बिक्री

पोखरा । पोखरामा खसीको भनेर बाख्राको मासु बिक्री गरेको भेटिएको छ । पोखरा महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । मंगलबार केही मासु पसलको अनुगमन गरेकोमा उपभोक्तालाई ठगी गरेको पाइएको हो ।

महानगरका अधिकारी सहित उपभोक्ता मञ्च र सरोकारवालाको संयुक्त टोलीले अमरसिंहचोक, रामबजार, जीरो किमी, बगर र चिप्लेढुंगा लगायत क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा व्यवसाय गर्ने सामान्य प्रक्रिया पनि पूरा नगरेको भेटिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

‘कसैले पसल दर्ता गरेकै छैनन् । कसैले दर्ता अनुसार काम गरेका छैनन्,’ उनले भने, ‘केही पसलमा खसीको भन्दै बाख्राको मासु बेचेको पनि पाइयो । उपभोक्ताको स्वास्थ्यमाथि ठूलो खेलबाड भइरहेको छ ।’ उनले सामान खरिद गर्दा होसियारी अपनाउन उपभोक्ताहरूलाई आग्रह गरेका छन् ।

अनुगमनका क्रममा गल्ती भेटिएका पसलेहरूलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन भनिएको छ । पोखराले चाडबाड लक्षित अनुगमन सुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *