दसैँका लागि १२ हजार भेडा-च्याङ्ग्रा पोखरा ल्याइने

पोखरा । यसवर्ष दसैँका लागि १२ हजार भेडा च्याङ्ग्रा पोखरा ल्याउने भएको छ । हरेक वर्ष दसैँमा मुस्ताङ लगायत हिमाली जिल्लाबाट भेडाच्यांग्रा ल्याएर बेच्ने प्रचलन छ । लेकमा जडीबुटी खाएर हुर्किएका भेडा च्याङ्ग्रा स्वास्थ्यका लागि राम्रो हुने भएकोले त्यसमा उपभोक्ताको आकर्षण छ ।

अघिल्ला वर्षहरूमा तिब्बतबाट समेत भेडाच्यांग्रा आउने गरेकोमा अहिले नाका बन्द भएकोले मुस्ताङको मात्रै ल्याउन लागिएको ठेकेदारहरूले बताएका छन् । उपभोक्ताको माग बढेपछि मुस्ताङमा भेडाच्यांग्रा पाल्ने किसान समेत बढेका छन् ।

जिल्लाभर ५० हजार भन्दा बढी भेडाच्यांग्रा पालन हुने गरेको पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । बर्सेनि भेडाच्यांग्रा बेचेर मुस्ताङीले ५० करोड भन्दा बढी आम्दानी गर्छन् । अघिल्लो वर्ष मात्रै ६४ करोडको भेडाच्यांग्रा पोखरामा बिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =