मड्रिड डर्बीमा रियल विजयी
२०७९ असोज ३ गते

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी रियलले जितेको छ । गएराती सम्पन्न खेलमा रियल मड्रिडले एटलेटिको मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल मड्रिडको जितमा रोड्रीगो र फेडेरिको भालभेरडेले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको मड्रिडका लागि एक गोल मारिओ हेर्मोसोले गरेका थिए । यस खेलमा खेलको ९१औ मिनेटमा मारिओ हेर्मोसोले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।
यो रियलमड्रिडको यस सिनमा लगातार छैटौ जित हो । यो जितपछि रियल म्याड्रिडको ६ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ । त्यस्तै एटलेटिको मड्रिडको भने यस सिजनमा यो दोस्रो हार हो । ६ खेलमा ३ जित, एक बराबरी र २ हर बेहोरेको एटलेटिकोको १० अंक छ र लिगमा सातौ स्थानमा झरेको छ ।
२०७९ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित








