गण्डकीका १० क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा

पोखरा । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि गण्डकी प्रदेशका विभिन्न १० निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारले दाबी गरेका छन् । शनिबार पोखराबाट उनीहरूले एकैसाथ उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

लौरो अभियान गण्डकीको आयोजनामा भएको कार्यक्रममा प्रदेश र प्रतिनिधिसभा गरी १० क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने उनीहरूको घोषणा छ । प्रतिनिधिसभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, प्रदेशसभा सदस्यका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क) बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख) बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट  महेश श्रेष्ठ र नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरे ।

कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमीले पुरानाहरूको विकल्पका रूपमा स्वतन्त्र उम्मेदवार आएको बताए । ‘वैकल्पिक शक्तिलाई साझा चुनाव चिन्ह र साझा घोषणापत्र दिएर गोलबद्ध गराएका छौँ । अहिलेको माहौल हेर्दा पुराना शक्ति विस्थापित गर्न आतुर छन् नागरिक,’ उनले भने, ‘हामी उनीहरूको भरोसा भएर उभिने छौँ । अवस्था अनुसार यसलाई सङ्गठनको रूप दिने छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *