समानुपातिकको सूची बनाउन छलफलमा जुट्यो नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूचि बनाउन छलफल थालेको छ ।

बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले सिफारिस गर्नुपर्ने नामहरुको कानुन प्रबन्धबारे जानकारी गराएका थिए ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार महासचिव पोखरेलले समानुपातिक सूचीको कुन क्लस्टरमा कति जनाको नाम बुझाउनुपर्छ भन्ने जानकारी गराएका हुन् ।

निर्वाचन आयोगले दलहरुले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची बुझाउन २ र ३ असोजको समय तोकेको छ ।

अर्को बैठक आइतबार विहान ११ बजे बैठक बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *