ओलीलाई खनालको प्रश्न : ‘कुन चैं काम कालजयी गर्नु भयो ?’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताले सम्झिने गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि काम गर्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभा बैठक सम्बोधन गर्दै शनिबार उनले नेकपा एमाले अध्यक्ष ओलीले दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरे पनि सम्झिन लायक कुनै पनि काम गर्न नसकेको टिप्पणी गरे ।

उनले भने, ‘दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार खड्गप्रसाद शर्मा ओलीज्यूको नेतृत्वमा। अहिलेका प्रतिपक्षका नेताज्यूको नेतृत्वमा। तर, के चैं सम्झनु पर्छ त खड्गप्रसाद शर्मा ओलीज्यूले गरेको काममध्ये कुन चैं काम त्यस्तो कालजयी भयो जसलाई हामीले सधैं भरी सम्झन सकियोस्, सधैंभरि नेपाली जनताले सम्झन सकून्,’ खनालले प्रश्न गरे, ‘के गर्नुभयो त’

एमालेले ओली नेतृत्वको सरकारको पालामा धरहरा र रानीपोखरी बनाइएको उदाहरण प्रति इंगित गर्दै उनले थप प्रश्न गरे, ‘धरहरा ठड्याएँ भन्ने हो? रानीपोखरी बनाएँ भन्ने हो?,’ रानी पोखरी मल्लाकालीन राजा प्रताप मल्लले र धरहरा भीमसेन थापाले बनाएको जिकिर गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =