ओलीले देउवालाई सोधे : ‘तपाईं प्रतिगमन गर्दै हुनुुहुन्छ?’

काठमाडौँ । प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरेका छन् । ओलीले राजनीतिमा मौसमी कुराहरु उपयुक्त नहुने भन्दै कुनैपनि चिजको मर्यादा फलो गर्नु वान्छनिय हुने बताए ।
‘संसद पुन स्थापना भएको हुनाले हामी सबै भेट्न पाएका छौं भनेर प्रधानमन्त्रीज्यूले भन्नभयो। फेरि चुनाव घोषणा भएको छ,’ ओलीले प्रश्न गर्दै भने, ‘आजबाट अन्त्य हुँदैछ भनेपछि तपाई प्रतिगमन गर्दै हुनुहन्छ। यसको अर्थ त्यही हो।’
यदी आफू प्रधानमन्त्री हुँदा घोषणा भएको मितिमा निर्वाचन भएको भए अहिले नयाँ संसद बनिसक्ने समेत उनले बताए। ‘नत्रभने गतवर्ष वैशाखमा नै चुनाव हुन्थ्यो र नयाँ संसद बनिसक्थ्यो। यो प्रतिपक्षी दलको नेताले पहिलो बोल्न पाउनपर्छ भनेर वेल घेरेको जस्तै हो। यस्ता कुराहरु गर्नु वान्छनिय हुँदैन्।’ ओलीले संसदमा सम्बोधनको क्रममा भने।
साथै, उनले आज छुटिने दिनमा कठोर शब्द नबोल्ने भन्दै प्रधानमन्त्री देउवाले नै यो विषय झिकेको कारणले स्पष्टिकरण दिएको बताए। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले यसो कुरा उठाउनुभएको भएर मैले भनेको मात्र हो,’ ओलीले भने, ‘आज छुटिने दिनमा किन कठोर बोल्नुछ र यसो बाटो बिराइएला भनेर मात्र भनेको हुँ।’
ओलीले संसदको प्रारम्भमा राम्रो काम गरेको बताए। उनले संविधानको धारा ७६ लाई ब्याख्या गर्दै भ्रमहरु फिजाउने काम नगर्न आग्रह गरे।
‘हाम्रो संविधानको धारा ७६ ले कसैको बहुमत आयो भने सरकार गठन हुन्छ, भएन भने ७६ २ अनुसार अनेक दल मिलेर सरकार गठन गर्छ। त्यसले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। लिन सकेन भने ६ महिनाभित्र चुनाव गर्नुपर्छ। संविधानले त्यो व्यवस्था गरेको छैन् । त्यसकारण यस्ता भ्रमहरु फिजाउने काम गर्न हुँदैन्।’ ओलीले भने।
उनले प्रधानमन्त्री देउवालाई लक्षित गर्दै कुन संविधान पढेर आउनुहुन्छ र बहस गर्नुहुन्छ भन्दै प्रश्न गरे।








