अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, ११ जना बेपत्ता (अपडेट)

काठमाडौँ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको हाे ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीकाअनुसार शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाकाे उद्धार गरिएको छ ।

बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका प्रजिअ मरासिनीले जानकारी दिए  अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *