भारतविरुद्ध नेपाललाई १-० गोलको अग्रता

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको हो ।

नेपालकी रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।

यस खेलको विजेताले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *