थप १ सय १० जनामा कोरोना संक्रमण, १ काे मृत्यु

काठमाडौँ । नेपालमा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परीक्षणका क्रममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =