पाँचथरका ३७ नेता/कार्यकर्ताले छाडे जसपा

पाँचथर । पाँचथरमा ३७ जना नेता/कार्यकर्ताले जनता समाजवादी पार्टी (जसपा) त्यागेका छन् । केन्द्रीय लेखा समिति सदस्य सदस्य डीएम आङ्देम्बेसहितका ३७ जना नेताहरूले शुक्रबार आफूसम्बद्ध दल जसपा त्यागेका हुन् ।

पार्टी निर्माणमा नेतृत्व उदासीन देखिएकाे र पहिचानविराेधी हर्कत देखिएकाे भन्दै उनीहरूले पार्टी त्यागेका हुन् । ‘समयकाे क्रमसँगै स्वेच्छाचारिता, सङ्गठन निर्माणमा उदासीनता, सङ्गठन सञ्चालनमा असक्षमता देखियाे,’ उनीहरूकाे संयुक्त वक्तव्यमा भनिएकाे छ, ‘पार्टीभित्र व्यक्तिवाद हाबी र विसर्जनतिर उन्मुख भयाे । समग्रमा पार्टीमा संस्कारहीनता र विचारहीनता देखियाे । पहिचानसहितकाे संघीयता, समावेशी सहभागिता, समृद्ध र समुन्नत समाज परिकल्पनाका चालकहरू नै दृढ अनिश्चयताकाे दल-दलबाट निस्कनै नसकिनेगरी फसेकाे अनुभूत भयाे ।’

उनीहरूले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =