पोखरामा माइक्रोको ठक्करबाट १ जनाको मृत्यु
२०७९ भदौ ३० गते

पोखरा । पोखरामा माइक्रो बसको ठक्करले १ जनाको मृत्यु भएको छ । पोखरा ३१ मोहेरियाकी ७८ वर्षीय देवकला बन्जाराको बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
लेखनाथस्थित शिसुवाचोकमा ग १ ख ६८३० नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित









