फुटपाथमा व्यापार गर्न पाउनुपर्ने भन्दै एमालेनिकट जिफन्ट सडकमा (तस्वीरसहित)

काठमाडौँ । एमालेनिकट मजदुर संगठन जिफन्ट अन्तर्गतको नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँ महानगरविरुद्ध प्रदर्शन गरेको छ ।

महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको र ठेला व्यवसाय गरिरहेकाहरूलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै संघले प्रदर्शन गरेको हो ।

सुन्धारामा भेला भई रत्नपार्क भद्रकाली सहिद गेट हुँदै प्रदर्शनकारीहरूले महानगरको कार्यालय अघि धर्ना दिएका थिए ।

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अवैध संरचना भत्काउनुका साथै फुटपाथमा व्यापार गर्न रोक लगाउने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया

2 thoughts on “फुटपाथमा व्यापार गर्न पाउनुपर्ने भन्दै एमालेनिकट जिफन्ट सडकमा (तस्वीरसहित)

  1. सन्ध्याकालिन बजार भनेको त Red light area खोल्नु हो। त्यहि भनेको हो?

  2. अब एमाले पार्टी पनि सकिने भो राज्यबाट,गठ्बन्धन त सकियो सकियो साथै स्वतन्त्रको नाममा झारपात उमेद्द्वार उठेर नाम खराब,बिस्वाश्मा चोट न पुराउन अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *