एमाले प्रवेश गर्दै उमाशंकर अरगरिया

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा सांसद एवम् सचेतक उमाशंकर अरगरिया नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । उनी आउँदाे असोज ८ गते एमाले प्रवेश गर्न लागेका हुन् ।

त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकोरिया चोक पुग्ने कार्यक्रम छ । अरगरियाले आफू एमाले प्रवेश गर्ने बताए । ‘हाे, म एमाले प्रवेश गर्दैछु,’ उनले भनेका छन् ।

अरगरिया २०७४ को चुनावमा धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए । त्यसबेला उनी संघीय समाजवादी फोरममा थिए । उनले मधेश केन्द्रित पार्टीले मधेशका जनताको अपमान गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =