पोखराका २ सय सुकुम्वासीलाई एकैपटक निस्सा वितरण

पोखरा । पोखरा महानगरपालिकाका वडा तहमा भूमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण सुरु गरिएको छ । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीको संयुक्त आयोजनामा एकैदिन १६ वटा वडाका सुकुम्वासीलाई सभागृहमा भेला पारेर निस्सा वितरण गरिएको हो ।

बुधबार मात्रै १ सय ९९ जनालाई निस्सा दिइएको मेयर धनराज आचार्यले जानकारी दिए । वडा नं. १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का प्रतिनिधिलाई निस्सा दिइएको हो । महानगरले यसअघि वडा नं. ६, ९, १४, २५, ३२ र ३३ मा निस्सा वितरण गरिसकेको छ ।

पोखरामा १९ हजार ८ सय ५६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु सूचीकृत भएका छन् । उनीहरू मध्ये ७ हजार भन्दा बढीलाई निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण गरिएको आयोगका कास्की अध्यक्ष गङ्गा पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =