डीआईजी वसन्त कुँवर बने चुनावी कमान्डर

काठमाडौँ । सरकारले नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा गरेको छ । गृहसचिव फेरेको सरकारले चुनाव लागेसँगै प्रहरीको चुनावी कमान्डर पनि फेरेको हो ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात् चुनावी कमान्डरका रूपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिएको हो । अब नेपाल प्रहरीको चुनावी कमान्ड डीआईजी वसन्त कुँवरले सम्हाल्ने छन् ।

मङ्सिर ४ को चुनाव नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले प्रहरीको व्यापक सरुवा बढुवा गरिरहेको छ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि थापा नेतृत्वको केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो । तर काम सुरु नहुँदै उनको सरुवा भयो। कमान्ड सम्हाल्न आएका डीआईजी कुँवर बढुवा हुँदा पहिलो नम्बरमा बढुवा भएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमाथि तथा शेरबहादुर देउवाले चासो देखाएपछि निर्वाचन कमान्डर फेरिएको बताइएको छ । सरकारले हालै गृहसचिव पनि फेरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *