एमालेको सरकार नबने देश नै बर्बादीतिर जाने ओलीको दाबी

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको मधेस शैक्षिक स्थिति अवस्था खस्कँदै गएको भन्दै सुधार गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने र त्यसमा मुख्य भूमिका निर्वाह बुद्धिजीवी संघले गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै, ओलीले अबकाे निर्वाचनबाट एमाले नेतृत्वको सरकार नबने देश नै बर्वादीतर्फ जाने चेतावनी दिए । ‘नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनबाट गठन गर्नु अनिवार्य छ,’ उनले भने, ‘यदि एमालेले सरकार बनाउन नसके देश बर्बादीतर्फ जान्छ ।’पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप उनले लगाए । त्यसैले पनि गठबन्धनलाई अर्को पाँच वर्ष दिन नहुने उनको भनाइ थियो ।

‘एमाले सरकारमा जानका लागि होइन, देश बचाउन, विकास गर्न, सबै ठाउँमा बस्ने जनताको सद्भाव र एकताका लागि एमालेले जित्नुपर्छ,’ उनले भने ।

शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्ने योजना एमालेले अघि सारेको उनले बताए । उनले भने, ‘आगामी निर्वाचनले सही सरकार दिन सक्नुपर्छ । देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्छ ।’

विभिन्न कार्यक्रममा भाग लिन एमाले अध्यक्ष ओली आजै जनकपुरधाम आइपुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *