पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका लागि जनकपुरधाम आइपुगे केपी ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका छन् ।

बिहान साढे ११ बजेकाे हवाइयात्राबाट जनकपुरधाम आउने कार्यक्रम रहेकाे भएपनि उनी झण्डै दुई घण्टा ढिलो जनकपुरधाम आइपुगेका हुन् । उनलाई जनकपुर विमानस्थलमा ठूलाे संख्यामा उपस्थित नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

नेपाली कांग्रेस धनुषाका प्रभावशाली नेता सन्तोष यादवलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली जनकपुरधाम आएका हुन् । नेता यादवसँगै विभिन्न पार्टीबाट हजारौँ नेता तथा कार्यकर्ता आज एमालेमा प्रवेश गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *