दाङ २ मा महरा र पोखरेल आमनेसामने हुने पक्का !

काठमाडाैँ । दाङ क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ । आइतबार माओवादीले उपाध्यक्ष महरालाई उम्मेदवारमा सिफारिस गरेसँगै आगामी निर्वाचनमा दुई ठुला नेताको प्रतिस्पर्धा हुने भएको हो ।

आइतबार माओवादीले क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको हो भने शर्मा समानुपातिक सांसद हुन् । आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २ बाट उम्मेदवार भए पनि पराजित भएका थिए ।

यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शङ्कर पोखरेललाई एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *