आफैँबारे प्रचण्ड- ‘खान नपाएर पहाडबाट चितवन झरेकाे म दुईपटक प्रधानमन्त्री भएँ, सपनाजस्ताे लाग्छ’

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दृढ अठोटले नै सफल हुन सकिने बताएका छन् । दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई आइतबार काठमाडाैँमा सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भनेका छन्, ‘दृढ अठोट राख्नुस्, सफलता चुम्न आइपुग्छु । खान नपाएर पहाडबाट चितवन बसाइँ सरेको परिवारको बच्चा हो म । दुई-दुई पटक त म प्रधानमन्त्री भइसकेँ। कसरी यो सम्भव भयो, सपना हो कि विपना जस्तो लाग्छ ।’
प्रचण्डले एउटा गरिब परिवारबाट उठेर दुई पटकसम्म देशको नेतृत्व गर्न सकेकोमा आफूलाई गर्व लाग्ने बताए । आफूलाई गाैरवशाली ठान्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘मैले कहिल्यै नभएको विद्रोहको पनि मैले कमान्ड गरेँ । सबैले अवसर पाएर पनि यस्तो गर्न सक्दैनन् तर मैले गरेँ । विस्तृत शान्ति सम्झौताबाट युद्धलाई शान्तिमा लैजाने काम पनि मैले गरेको थिएँ ।’








