जिल्लाबाट सिफारिस नभएका अमरेशकुमार प्रदेशबाट सिफारिस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहको नाम सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस भएको  छ। प्रदेश कार्यसमितिको बिहीबारको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको मधेस कांग्रेसका प्रवक्ता नितिश कुमार गुप्ताले जानकारी दिए ।

सर्लाही क्षेत्र नम्बर ४ क्षेत्रीय समिति र जिल्ला समितिले सिंहको नाम सिफारिस गरेको थिएन । सिंहले आफ्नो सिफारिस हुनपर्ने र अन्यायमा परेको भन्दै प्रदेश कार्यसमितिमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा कैफियत लेखेर केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले जानकारी दिए । ‘प्रदेश कार्यसमितिमा अन्याय भयो भनेर निवेदन दिनुभएको थियो। उहाँको निवेदन कैफियतसहित हामीले केन्द्रमा पठाएका छौँ । कैफियतमा जिल्ला समितिले कारबाही गरेको पनि उल्लेख हुन्छ,’ उनले भने ।

कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो । जिल्ला कार्य समितिले पनि क्षेत्रीय कार्य समितिले सिफारिस गरेको नामलाई नै प्रदेश कार्य समितिमा सिफारिस गरेर पठाएको थियो । कांग्रेस नेतासिंह २०७० र २०७४ मा लगातार दुईपटक सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *