लाइसेन्सको ट्रायल दिने २ जना नक्कली चालक पक्राउ

पोखरा । पोखरामा सवारी चालक अनुति पत्र परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले २ जना पक्राउ गरेको हो ।

पोखरा ८ सभागृहचोक बस्ने २६ वर्षकी निर्मला बिक र घारीपाटन बस्ने ३५ वर्षकी निरा रानाभाटलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

बिकले तनहुँ स्थित भानु नगरपालिकाकी मन्जु पाण्डेको परीक्षा दिएकी थिइन् । उनलाई रानाभाटले परीक्षा दिन लगाएकी हुन् ।

पक्राउ परेका दुवैलाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =