प्रधानमन्त्री देउवा चितवनमा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् ।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट देउवा चितवन आएका हुन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् ।

यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ । देउवासँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *