कास्कीमा गठबन्धनको चुनाव लक्षित चियापान

पोखरा । गठबन्धन दलहरुबीच सिट बाँडफाँटको टुङ्गो लागेको छैन । त्यसमा पनि कुन क्षेत्र कसले पाउने भन्ने निक्र्यौल हुन अझै समय लाग्ने देखिएको छ । कास्कीका गठबन्धन दलहरू भने चुनाव केन्द्रित भेटघाटमा व्यस्त छन् । गठबन्धनका सबै दलको संयुक्त चियापान गरिएको छ ।

नेपाली कांग्रेस कास्कीको आयोजनामा पाँच दलीय गठबन्धनबीच चियापान तथा भेटघाट कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कास्कीमा रहेका केन्द्रीय र जिल्लास्तरका नेताहरूको सहभागिता थियो ।

गत स्थानीय निर्वाचनमा गठबन्धनका क्रममा देखिएका कमीकमजोरीलाई समीक्षा गरी आगामी दिनमा थप सशक्त बनाएर अधिकतम उपलब्धि हासिल गर्नेतर्फ केन्द्रित हुन कार्यक्रम गरिएको कास्की कांग्रेसका सचिव भानु ढकालले जानकारी दिए । अब जिल्लाका ७२ वटै वडामा संयुक्त चियापान तथा भेटघाट कार्यक्रम हुने उनको भनाइ छ ।

चियापानमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गठबन्धनबीच इमानदार हुनु जरुरी रहेको बताए । उनले विगतका उपलब्धिलाई हेरेर गठबन्धनमा इमानदारिता अनिवार्य रहेको बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *